प्रदेश २ मा ६४ जना नयाँ सङ्क्रमित थपिए, कुल ६१३ सङ्क्रमित
गोरखापत्र अनलाइन ,
जेष्ठ १८, २०७७ आईतवार
मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले थपिएका नयाँ सङ्क्रमितमध्ये रौतहटमा २८ जना, धनुषामा २१ जना, सर्लाहीका १० र पर्साका चार जना छन् । रौतहटमा सङ्क्रमित भएकामध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, गौर क्वारेन्टाइनका ११ जना हुन् ।