दश स्थानीय तहका लागि रु तीन अर्ब छ करोड बजेट
रासस
जेष्ठ १९, २०७७ सोमबार
सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गर्नुभएको बजेट भाषणअनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको हो ।