कर्णाली प्रदेशमा थप ५९ जनामा सङ्क्रमण, कुल सङ्क्रमित १०५
गोरखापत्र अनलाइन ,
जेष्ठ १८, २०७७ आईतवार
कर्णाली प्रदेशमा शानिबार रातिसम्ममा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कुल सङ्क्रमित सङ्ख्या १०५ पुगेको छ ।
कर्णली प्रदेशको समाजिक विकास मन्त्रालयले शानिबार राति जारी गरेको प्रेस विज्ञप्तिमा दैलेखमा १५ जना जना, कालिकोटमा १७ जना, सल्यानमा २५ जना तथा बाजुरा र सुर्खेतमा एक/एक जना गरी थप दुई जना सङ्क्रमित फेला परेका थिए ।