काेशी अस्पतालमा उपचाररत चार जना काेराेनामुक्त
गोरखापत्र अनलाइन ,
जेष्ठ १४, २०७७ बुधबार
कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरबाट उदयपुरका चारजना सङ्क्रमितले कोरोना परास्त गर्नुभएको छ । त्रियुगा–३ भुल्केका एक पुरुषसहित तीनजना महिला बुधबार निको भएर घर फर्कनुभएको हो । अस्पतालबाट डिस्चार्ज हुनेहरुमा मो. अलिजान (५८) सहित जुविदा खातुन (३६), माधो खातुन (४०) र सविरण खातुन (६५) हुनुहुन्छ । अस्पताल व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला स्वास्थ्य कार्यालय, मोरङ प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उहाँहरूको पछिल्लो...