इन्टरनेट र फोन समस्याले आजित
रासस
जेष्ठ १६, २०७७ शुक्रबार
साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा पछिल्लो केही दिनयता फोन र इन्टरनेटको समस्याले सेवाग्राही आजित बन्न थालेका छन् । देशमा जारी बन्दाबन्दीले नागरिक घरभित्रै बस्नुपरेको बाध्यात्मक अवस्थामा अहिले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या अधिक भए पनि छिनछिनमै जाने फोनको नेटवर्क र इन्टरनेटले धवलागिरिवासीलाई आजित बनाएको छ ।