त्रिनगरबाट एकै दिन पाँच हजार भित्रिए, थपिँदै चुनौती
रासस
जेष्ठ १४, २०७७ बुधबार
कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । जसमा डोटी जिल्लाका मात्रै दुई हजार ८७९ छन् । जिल्ला प्रवेश गरेका दुई हजार ८७९ जनालाई जिल्लाका नौवटै स्थानीय तहले तयार पारेका ६७ क्वारेन्टिनमा राखिएको जिल्ला प्रशसान कार्यालय डोटीले जनाएको छ । जिल्लाको...