यार्सागुम्बा सङ्कलनमा रोक लगाइयो, घर खर्च कसरी धान्ने ?
रासस
जेष्ठ ११, २०७७ आईतवार
पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै दार्चुलामा यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको छ । हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जाने क्षेत्रमा सङ्कलन अनुमति दिँदा जोखिम बढ्ने भएपछि सङ्कलनमा रोक लगाइएको हो ।