क्वारेन्टाइन भरियो, नगरपालिकाले भन्यो - अब राख्न सक्दैनौँ
गोरखापत्र अनलाइन ,
जेष्ठ ११, २०७७ आईतवार
सर्लाहीको गोडैता नगरपालिकाले भारतबाट लुकीछिपी आइरहेका व्यक्तिहरूलाई अब भने क्वारेन्टाइनमा व्यवस्थापन गरेर राख्न नसकिने जनाएको छ ।
भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सो नगरपालिकाले आइतबार सूचना निकालेर नगरभित्रका सबै क्वारेन्टाइनमा क्षमताभन्दा बढी व्यक्तिहरू भर्ना भइसकेकाले अब थप व्यक्तिहरूलाई भर्ना गर्न नसक्ने जनाएको हो । गोडैता नगरपालिकाले विभिन्न छ वटा विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा आइतबार...