सङ्क्रमितलाई राख्न मलङ्गवामा ५० बेडको आइसोलेसन वार्ड तयार
गोरखापत्र अनलाइन ,
जेष्ठ १०, २०७७ शनिबार
सर्लाहीका कोरोना सङ्क्रमितलाई अब जिल्लामै राखेर उपचार गरिने भएको छ । त्यसका लागि सदरमुकाम मलङ्गवा नगरपालिका–२, मा रहेको सन्त अल्पाईन राम नारायण यादव नर्सिङ्ग कलेजमा ५० बेड क्षमताको आइसोलेसन वार्ड तयार पारिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमितको उपचार हुने जनकपुर र वीरगञ्जका अस्पतालमा बेडको अभाव भएपछि जिल्लामै आइसोलेसन वार्ड तयार पारिएको हो ।