भुल्केमा बन्दाबन्दीको कडा परिपालना छ
गोरखापत्र अनलाइन ,
जेष्ठ ८, २०७७ बिहीबार
घरको आँगनभन्दा बाहिर निस्किन नपाएको राजन राउतले ३५ दिन भयो । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण स्थानीय प्रशासनले पुरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन् । आफ्नै सुरक्षका लागि भए पनि बन्दाबन्दी अब कठिन हुुँदै गएको उहाँ बताउनुहुन्छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्के गाउँका ५० वर्षीय राउतले भन्नुभयो, “यसरी कुँजिएर घरभित्रै बस्नु पनि निकै ठूलो सास्ती खेप्नु जस्तै भएको छ” । नेपालमा पहिलोपल्ट...