धनकुटामा स्टाफ नर्ससहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन ,
जेष्ठ ७, २०७७ बुधबार
धनकुटाका थप पाँच जना गरी ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल धनकुटामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा नोवल कोरोना भाईरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएलगत्तै उहाँको सम्पर्कमा रहेका ८३ जनाको स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो ।
धनकुटाबाट लगिएको ८३ जनाको स्वाबमध्ये ६७ जनाको स्वाब परीक्षण गर्दा पाँचजनामा कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ । बाँकी...