सप्तरीका सङ्क्रमितका आमाबाबुसहित २३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
गोरखापत्र अनलाइन ,
जेष्ठ १, २०७७ बिहीबार
सप्तरीका सङ्क्रमित युवकका नजिक सम्पर्कमा आएका आमाबाबु, हजुरआमासहित २३ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमित युवकको सम्पर्कमा आएका उनका आमा, बुवा, हजुरआमा, युवकसहित चितवनबाट १३ जनाको समूहमा आएकामध्ये १२, क्वारेन्टाइनमा बसेको बेला क्वारेन्टाइनमा रहेका दुई, त्यहिबेला कपिलवस्तुबाट आएर क्वारेन्टाइनमा बसेका तीन, क्वारेन्टाइनका दुई जना प्रहरी र एक जना स्वास्थ्यकर्मी गरी २३ जनाको थ्रोट स्वाब सङ्कलन...