गाउँमा कोरोना सङ्क्रमित भेटिँदा समेत खुलेआम हिँडछन् स्थानीय
गोरखापत्र अनलाइन ,
जेष्ठ ३, २०७७ शनिबार
सर्लाहीमा दोस्रो कोरोना सङ्क्रमित फेला परेको हरिपूर्वा नगरपालिका क्षेत्रमा अहिले पनि खुलेआम रुपमा मानिसहरू हिँडडुल गरिरहेका छन् । जनप्रतिनिधि र सुरक्षाकर्मीले अत्यावश्यक काम पर्दाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेपनि स्थानीय बासिन्दाले अटेर गरेर जथाभावी हिँडडुल गर्न छाडेका छैनन् । यसले थप मानिसमा सङ्क्रमण फैलने जोखिम बढेको भन्दै स्थानीय अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् ।