कर्णालीको बाँझो जमिनमा खेती गर्न शुरु, मुख्यमन्त्रीले जोत्दै मकै रोप्नुभयो
गोरखापत्र अनलाइन
जेष्ठ १, २०७७ बिहीबार
कर्णाली प्रदेश सरकारले यहाँको बाँझो जमिनमा खेती गर्ने अभियान थालेको छ । जमिन बाँझो नराखौंँ, सक्नेलाई खेती गर्न दिउँ भन्दै बाँझो जमिनमा खेती गरी उत्पादकत्व बढाई प्रदेशलाई खाद्य सुरक्षित बनाउन प्रदेश सरकारले बाँझो जमिनमा खेती गर्ने अभियान थालेको हो । विहीवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको बाँझो जमीनमा मकै रोपेर खेती गर्ने अभियानको थालनी गर्नुभएको छ ।