दैलेखका दुई अस्पतालमा आए स्वास्थ्य सामग्री
रासस
बैशाख २६, २०७७ शुक्रबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँबाट पचास पिपिई, दुई हजार पाँच सय सर्जिकल मास्क, दुई थर्मल गन र बिस लिटर सेनिटाइजर स्वास्थ्य कार्यालय दैलेखमा पठाइएको छ । यसअघि पचास गाउन, पाँच पिपिइ र एक थर्मल गन मन्त्रालयबाट दैलेख आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा निरञ्जन पन्तले बताउनुभयो ।