उदयपुरमा थप एकमा कोरोना पुष्टि, कुल ११०
गोरखापत्र अनलाइन ,
बैशाख २७, २०७७ शनिबार
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ ।
कोशी अस्पताल विराटनगरमा गरिएको पिसिआर परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।