बौद्ध दर्शनानुसार शान्ति र सामाजिक न्यायका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री गुरुङ
रासस
बैशाख २५, २०७७ बिहीबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बौद्धदर्शनले बौद्ध धर्मावलम्बीलाई मात्र नभएर समग्र विश्व मानवजातिलाई नै मार्गनिर्देश गरेको बताउनुभएको छ । दुई हजार ५६४ औँ बौद्धजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सिद्धार्थ गौतम बुद्धकै कारण विश्व मानचित्रमा नेपाललाई बुद्धको देश र बुद्ध दर्शनको उद्गमस्थलका रुपमा परिचित गराउन सफल भएको उल्लेख गर्नुभएको छ ।