सीमामा सशस्त्रको विटमा आक्रमण, दुई राउण्ड गोली चल्यो
गोरखापत्र अनलाइन ,
बैशाख २३, २०७७ मंगलवार
नेपाल भारत सिमास्थित झापा गाउपालिका १ सुकुम्वासीमा रहेको सशस्त्र प्रहरी विटमा भारतीयहरुले आक्रमण गर्दा दुई राउण्ड गोली चलेको छ ।
सोमवार भारतबाट नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीय नम्बर प्लेटको मोटरसाईकलमा रहेका दुई भारतीयलाई नेपालतर्फ रहेको सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो । पछि २ घण्टा नियन्त्रणमा लिएर आइन्दा यस्तो काम नर्गने भनी दुई भाटा हानी फर्काएको बताएको छ ।