अपरिचित मानिसको प्रवेश निषेध, गाउँ गाउँका नाकाबन्द
गोरखापत्र अनलाइन ,
बैशाख २१, २०७७ आईतवार
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउन अवधिमा पनि गाउँगाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका नाका बन्द गरिएका छन् ।
राजविराज नगरपालिका –१ को पडरीया आघारभुत विद्यालयबाट पडरीया, दिधवा जाने मुख्य सडकमा सवारी साधन आवतजावतमा रोक लगाएको छ । सडकमा बाँसको तगारो राखेर सूचना टाँस गर्दै नयाँ मान्छेलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यो सडकमा साढे तीन...