बझाङका ९३ जना भारतको रामपुरमा अलपत्र, उद्धारको आग्रह
गोरखापत्र अनलाइन ,
बैशाख २०, २०७७ शनिबार
बझाङको थलारा गाउँपालिका घर भएका ९३ जना भारतको रामपुरमा अलपत्र परेका छन् । ३६ दिन दिनदेिख अलपत्र परेकाहरुले आफूहरुलाई उद्धरा गर्नु पर्ने भन्दै बिभिन्न निकायहरुसंग समन्वय गरि रहनु भएको छ । त्यहाँ १३ जना महिला सहित अन्य बालबालिका बृद्ध बृद्धा समेत रहेको बताइएको छ । क्यारेन्टाइनमै एक जना महिला दुई हप्ता अगाडि सुत्केरी समेत हुनु भएको छ ।