भकारी रित्तिँदै, नयाँ अन्न थप्न नपाउँदा किसान चिन्तित
रासस
बैशाख ७, २०७७ आईतवार
“घरमा भएको पुरानो अन्नको भकारी रित्तिँदै गयो, नयाँ अन्न थप्न नपाउने भइयो ।” नयाँ अन्न थप्नका लागि घरघरमा अन्न भण्डारण गर्ने भकारी सुधार गरिरहेका चिन्तित किसानहरूको भनाइ हो यो । लकडाउनले पुरानो अन्न राखिएको भकारी रित्तिँदै गइरहेका बेला नयाँ अन्नबाली गहुँ भकारीभित्र थप्ने बेलामा पटक–पटक परेको असिनापानीले गहुँखेतीलाई क्षति बनाएकै कारण किसानमा चिन्ता बढ्न थालेको हो । पुरानो अन्नबाली भण्डारण त्यो आपतकालीन अवस्थामा...