logo
२०८१ मंसिर १० सोमवार



हुम्लामा भारतबाट फर्किएका नौ जनाको स्वाब रिर्पाेट नेगेटिभ

फिचर |
प्रदेश |


हुम्लामा भारतबाट फर्किएका नौ जनाको स्वाब रिर्पाेट नेगेटिभ


राजन रावत
सिमकोट वैशाख ७ गते । हुम्लाबाट सुर्खेत पठाइएका नौ वटा शंकासपद स्वाबको रिपोर्ट नेगेटिभ पाईएको छ । पिसिआर परिक्षण जिल्लामा नहुदा सुर्खेतमा पठाइएका ती स्वाबहरु सुर्खेतको परिक्षण पछि रिपोर्ट नेगेटिभ आएको हो ।
भारतका काम तथा ब्यापार गरि जिल्ला भित्रिएर क्वारेन्टाईनमा बसेका नौ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि सुर्खेत पठाइएको र ती स्वाबहरुको सुर्खेतमा परिक्षण हुदा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो ।
यस अघि जिल्लामै आडीटि किटबाट उहाँहरुको रगत परिक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको थियो । तर पनि भारतबाट आएको हुदा कर्णाली प्रदेशको सामाजिक मन्त्रालयको अनुरोधमा उहाँहरुको नौ जनाकै स्वाब सुर्खेत पठाइएको थियो ।
प्रमुख सिंहले रिपोर्ट नेगेपिटभ आएपछि हुम्ला हालसम्म सुरक्षित रहेको बताउनु भयो । गत बिहीबार उहाँहरुको स्वाब संकलन गरिएको भएपनि हवाई जहाजहरुले बोक्न नमान्दा सुर्खेत पठाउन सकिएको थिएन । शनिबार निक्कै छलफलपछि अन्तिम फ्लाईटमा तारा एयरले सो स्वाब बोक्न मानेपछि मात्र सुर्खेत पठाउन सकिएको थियो ।
यता स्वाब संकलन गरेर सुर्खेत पठाईएका नौ जनालाई स्वाबको रिपोर्ट नआउदै घर पठाइएको थियो । अहिले रिपोर्ट नेगेटिभ आएपछि घर पठाए पनि सहज भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?