सनसिटी अपार्टमेन्टका कोरोना संक्रमितसँगै यात्रा गर्ने आठजना सुनसरीबासी थिए
गोरखापत्र अनलाइन ,
बैशाख ६, २०७७ शनिबार
काठमाडाैंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारसँगै यात्रा गर्नेहरु मध्ये आठजना सुनसरीबासी रहेको फेला परेको छ ।
बेलायतबाट कतार एयरवेजको क्यु आर ६४४ फ्याईटमा मार्च २० तारेखका दिन नेपाल आएका मध्ये आठजना सुनसरीका रहेको विवरण सुनसरी प्रहरीलाई आएपछि खोजी शुरु गरिएको छ ।