प्रदेश ५ ले ग-यो अलपत्र परेकाहरुलाई खाने,बस्ने ब्यवस्था
गोरखापत्र अनलाइन ,
बैशाख ५, २०७७ शुक्रबार
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ भित्र प्रबेश गरेकाहरुलाई प्रहरीको सहयोगमा नजिकै रहेका क्वारेन्टाईनहरुमा गईदिनु अनुरोध गर्दै त्यहां खाने र बस्ने ब्यवस्था समेत रहेको उल्लेख गर्नु भएको छ । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट समेत अपिल गर्दै लेख्नु भएको छ ‘घर जान भनेर प्रदेश ५ भित्र आईपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाईनमा गईदिनु होला । त्यहांं खाने र बस्ने व्यवथा छ ।’