हुम्लामा १४१ शय्याको क्वारेनटाइन, बाहिरबाट आएका ८६१ गाउँ डुल्दै
रासस
चैत्र २३, २०७६ आईतवार
हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन ती गाउँपालिकाका ४४ वडामा १४१ शय्याको क्वारेन्टाइनस्थल तयार गरिएको हो । तर, क्वारेन्टाइनमा आधारभूत सुविधासमेत नभएपछि यहाँका स्थानीयले बस्न नमानेको बताइएको छ ।