हेटौँडा, चैत २४ गते । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि घोषणा गरिएको लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुर जिल्ला प्रहरीले सक्रियता बढाएको छ ।
सरकारले घोषणा गरेको लकडाउन आमनागरिकका लागि भएकाले त्यसबाट सचेत रहन र सुरक्षित गराउन प्रहरीको अनुगमन तीव्र पारिएको छ । जिल्लाअन्तर्गत बजार क्षेत्रमा माइकिङ गराउँदा सर्तक तथा कारवाही सन्र्दभमा प्रहरीले सूचनासमेत दिने गरेको छ । लकडाउन उल्लङ्घनको सन्र्दभमा व्यापक गुनासो आएपछि प्रहरीको सक्रियता बढेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा सुरक्षा निकायको बैठकले लकडाउन प्रभावकारी बनाउने निर्णय गरेको हो । घरमा सुरक्षित रहन र स्यानिटाइजको प्रयोग गर्न हेटौँडाका विभिन्न सङ्घ संस्थाले विज्ञप्तिमार्फत सचेत गराउँदै आएका छन् ।