प्रदेश सरकारको घोषणाः ज्याला मजदुरीको जीविकोपार्जनका लागि साढे छ करोड विनियोजन
गोरखापत्र अनलाइन
चैत्र १८, २०७६ मंगलवार
कोरोना भाइरस (कोभिड १९)को सम्भावित संक्रमण रोक्नका गरिएको लक डाउनका कारण दुई छाक टार्न समेत समस्यामा परेका व्यक्तिहरुकालागि गण्डकी प्रदेश सरकारले राहतको घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको बसेको बैठकले दैनिक ज्यालादारी गरेर जीवन गुजारा गरेकाहरु लकडाउनको अवधीमा समस्यामा परेकाले उनीहरुलाई राहतको घोषणा गरेको हो ।