logo
२०८१ माघ २९ मंगलवार



ढुङगाले च्यापेर गयो एक युवाको ज्यान

प्रदेश |


ढुङगाले च्यापेर गयो एक युवाको ज्यान


दोलखा समाचारदाता
चरिकोट, चैत १८ गते । माछा मार्ने क्रममा ढुङगाले च्यापेर दोलखाको भीमेश्वर नगरपालिका–८ बोचका एक युवाको ज्यान गएको छ ।
वडा नम्बर ८ र ७ को सीमामा रहेको हात्तीछहरा नजिकैको पोखरीमा माछा मार्ने क्रममा ३२ वर्षीय सुरज केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार केसीसहित पाँच जनाको समूह माछा मार्न भन्दै गत सोमबार दिउँसो सो ठाउँमा गएका थिए । सोही क्रममा पोखरीमा रहेको ढुङ्गा पल्टिएर मृतक केसीको दाहिने गोडा च्यापेको थियो । ढुङ्गा अत्याधिक ठूलो भएकाले सँगै गएका साथीले घाइते सुरजको उद्धार गर्न सकेनन् । जसका कारण अत्याधिक रक्तश्राव हुँदा केसीको मृत्यु भएको हो ।
मृतकको शव पोस्टमार्टमका लागि चरिकोटस्थित शव गृहमा राखिएको छ । प्रहरी निरीक्षक बोहराले भन्नुभयो, घटनाबारे करिव ६ बजे परिवारसहित सुरक्षाकर्मीलाई जानकारी प्राप्त भएपछि घटनास्थल पुगेका सयौँको सहयोगमा उक्त ढुङ्गा हटाई शव निकालिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?