प्रहरीद्वारा नियमित माइकिङ , लकडाउन पुर्णरूपमा पालना
रासस
चैत्र १८, २०७६ मंगलवार
कोभिड १९ नियन्त्रणमा पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले नियमितरूपमा माइकिङ गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीका अनुसार कोरोना भाइरससम्बन्धी स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम रोग नियन्त्रणम पालना गर्नुपर्ने नीतिका बारेमा नेपाल प्रहरीमार्फत स्थानीय बासिन्दामा जागरण गराउन नियमित माइकिङ गर्ने काम तीव्ररूपमा अगाडि बढाइएको हो ।