logo
२०८१ बैशाख ८ शनिवार



बङ्गलादेशसँगको सम्बन्ध विशेष

विदेश |
राष्ट्रिय |


बङ्गलादेशसँगको सम्बन्ध विशेष



गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २६ गते । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल–बङ्गलादेश सम्बन्ध विशेष र महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल बङ्गलादेश कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सव अवसरमा काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री खड्काले दुई देशबीचको आपसी सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बङ्गलादेश नेपालको असल मित्र राष्ट्र रहेको र दुई देशबीच सडक, रेल तथा हवाई मार्ग विस्तारलाई नेपालले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री खड्काले सन् २०१८ मा नेपाल बङ्गलादेशबीच भएको विद्युत् विस्तार सम्झौता महìवपूर्ण रहेको समेत बताउनुभयो ।

कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै बङ््गलादेशका विदेशमन्त्री डा. ए के अब्दुल मोमेनले बङ्गलादेश स्वतन्त्र भएपछि नेपाल पहिलो दौत्य सम्बन्ध स्थापना गरेको राष्ट्र भएको स्मरण गर्दै यसलाई आगामी दिनमा अझ मजबुत र फलदायी बनाउने बताउनुभयो ।त्यस्तै बङ्गलादेशका विदेश सचिव मसुद बिन मोमेनले बौद्ध धर्मको पवित्र तथा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि बङ्गलादेश सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपालसँग जलविद्युत् विस्तारमा सहकार्य गर्न बङ्गलादेश इच्छुक रहेको बताउनुभयो ।नेपालस्थित बङ्गलादेश दूतावास तथा नेपाल विश्व मामिला परिषद्द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष हेमन्त खरेल, पूर्वराजदूत मधुरमण आचार्यलगायतले दुई देशबीचको सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?