स्रष्टासप्तको ‘सम्झनामा रुस’
निर्मलकुमार आचार्य
जेष्ठ २२, २०७८ शनिबार
म यी आह्लादकारी दिनहरू कहिल्यै बिर्सन सक्तिनँ, जतिखेर तारामण्डलतिर सोभियत अन्तरिक्षयान ‘भस्तोक–५’ र ‘भस्तोक–६’ को प्रक्षेपण भयो ।
रुस महादेश पुश्किन, तल्स्तोय, चेखोभ, दोस्तोएभ्स्की, तुर्गनेभ, गोर्कीजस्ता विश्वविख्यात साहित्यकारहरू मात्र नभई च्याइकोभस्की, शस्ताकोभिच, प्रोकोफियभ्जस्ता सङ्गीत रचनाकारहरूको पनि भूमि भएको थाहा पाउँदा मलाई खुसी लाग्यो ।
आँखाको भाषा मनहरूले राम्ररी बुझेका रहेछन् र त्यो भावना एक अर्कोलाई...