अहिले प्रेमको जग कमजोर छ
गोरखापत्र अनलाइन
फाल्गुन ६, २०७७ बिहीबार
आधुनिक युगमा काम र आम्दानी, जीवन गुजार्ने मुख्य बाटा छन् । काम र आम्दानीले छुट्टाछुट्टै बाँच्ने र बाआमाबाट टाढा हुने, कसैसँग पनि सघन सम्बन्ध बन्न नदिने प्रक्रिया छ । अब त्यहाँ श्रीमान् श्रीमतीको प्रेम राखौँ, त्यो प्रेम गम्भीर छ, परेवापरेवी भनेजस्तो दुईजना चुच्चो जोडिरहेका हुन्छन् । सधैँ विश्वास दिलाइरहनुपर्छ, म अर्कोसँग लागेको छैन भनेर ।