प्रेमको समाजशास्त्र/टिप्पणी: ‘माधवी’को दुःखान्त प्रेम
गोरखापत्र अनलाइन
फाल्गुन ९, २०७७ आईतवार
उत्तरवैदिककालीन भारतीय समाजको कथामा आधारित उपन्यास हो ‘माधवी’ जसमा एउटी महान नारीको त्याग, बलिदान, निष्ठा र कारुणिक प्रेमको कथा छ । माधवी उपन्यास प्रेमको एउटा विशाल समुद्र हो । त्यो विशाल समुद्रभित्रकी ‘दिव्यरत्न’ माधवी र उसको जीवन भोगाइसँगै जोडिएर आएको त्यो प्राचीन भारतीय समाजको कथा पढ्दा उपन्याससँगै एउटा बृहद् समाजशास्त्र पढेजस्तो लाग्छ । महाभारतको उद्योग पर्वमा ‘अतिहठ’ को परिणाम कस्तो हुन्छ भनेर दुर्योधनलाई...