विचार निर्माणको खुकुलो पेचकिला
गोरखापत्र अनलाइन
कार्तिक १, २०७७ शनिबार
टेलिभिजनमा अन्तर्वार्ता आइरहेको हुन्छ । सेलिब्रेटी भनिने मान्छे जीवनका अन्तरकुन्तरहरूको पोकापुन्तरा फुकाइरहेको हुन्छ । कति इमानदार हुँदैछ, त्यो ऊ आफै जानोस् तर ठीक भन्दैछु भन्ने छनक पार्न पारङ्गत नै हुन्छ ऊ । यस्तैमा प्रश्नकर्ता सोधिदिन्छन्, “तपाईंको जीवनको अविस्मरणीय क्षण ?”
सेलिब्रेटी एकछिन घोत्लिन्छ । “धेरै छन्, अब कुन चाहिँ भन्ने” भनेर विलखबन्दमा परेझैँ गर्छ । अनि झट्ट केही सम्झे झैँ गरी बोल्छ– “ओके, एकचोटि...