कला शक्ति हो नामक कार्यक्रम आयोजना गरियो
गोरखापत्र अनलाइन
आश्विन २८, २०७७ बुधबार
किशोरकिशोरीहरुलाई आफ्ना समस्या र मुद्दालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले कला शक्ति हो नामक कार्यक्रम आयोजना गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको सो कार्यक्रममा सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २१४ किशोरी सहित २५० जना किशोरकिशोरीहरुले भर्चुअल कला गोष्ठीमा सहभागी जनाएका थिए ।
१८ वर्षमुनिका किशोरकिशोरीलाई कविता, कथावाचन, गीत, रचनासहितका माध्यमबाट...