प्रज्ञा–प्रतिष्ठानबाट ऐतिहासिक महत्त्वका ग्रन्थको पुनःप्रकाशन
रासस
भाद्र १४, २०७७ आईतवार
नेपाल प्रज्ञा–प्रतिष्ठानले पूर्वप्रकाशित तर बजारमा उपलब्ध नरहेका करीब तीन दर्जन महत्वपूर्ण ग्रन्थको पुनः प्रकाशन शुरु गरेको छ ।
नेपाली वाङ्मयका विभिन्न विधाको खोज–अन्वेषण, गोष्ठी–सेमिनार तथा प्रकाशनलगायत कार्यमार्फत मुलुकको समग्र वाङ्मयको सर्वाङ्गीण विकासको जिम्मेवारी पाएको प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रसँग सम्बन्धित विभिन्न विशेष महत्त्वका ग्रन्थको पुनः प्रकाशन थालेको...