कथा : बिराएको बाटो
गोरखापत्र अनलाइन ,
माघ १०, २०७६ शुक्रबार
यसपालि फेरि के साइत बिग्रियो ! रज्वारा गाउँको केटासँग चमेलीको बिहेको कुरो बिग्रियो । बाँधिन लागेको विवाहको गाँठो फेरि फुत्कियो, गाँठोसँगै चमेलीको उत्साह, रौनक, खुसी, आशा, भरोसा र विश्वास फुत्कियो । मनमा गुट्मुटिएको चाहनाले भरिएको यसपालिको विश्वास, जिउको गर्मी शीतल पार्ने छहारी अनि जिन्दगी बाँच्ने बाटो चिप्लियो । चमेलीको चेहरा उज्यालो पार्ने बल्बको तार फेरि जोडिएन । अर्थात् फेिर चेहेरा उस्तै मलिन हुने भयो । त्योभन्दा...