बौद्धमतलाई चिनाउने पुस्तक
केदार वाशिष्ठ
माघ ८, २०७८ शनिबार
बुद्धबारे लेखिएका सामग्री ज्यादै धेरै छन् । विभिन्न भाषा र विधामा बुद्धको प्रचार प्रसार पाइन्छ । त्यसरी आउने सामग्रीमा बुद्धको जीवन, बुद्धको समय, बुद्धको विचार, बुद्धका अनुचर वा अनुयायी आदि विषयवस्तु समेटिएका हुन्छन् । तिनलाई बौद्ध धर्म वा दर्शनका रूपमा पनि अथ्र्याइने पाइन्छ ।
बुद्ध आफँैमा एक व्यक्ति होइनन्, विभिन्न नामका बुद्धको इतिहास बौद्धमार्गमा रहेको पाइन्छ । तीमध्येका एक सिद्धार्थ गौतम वा गौतम बुद्ध हुन्...