logo
२०८१ बैशाख १४ शुक्रवार

   फ्रान्सेली आख्यानकार प्याट्रिक मोदियानोको नोबेल भाषण (सन् २०१४)  



लेखन एक्लो क्रियाकलाप हो

कला |


लेखन एक्लो क्रियाकलाप हो


म आज तपाईंहरू समक्षमा उपस्थित हुन पाउँदा कति प्रसन्न छु भन्ने कुरा मात्रै तपाईंहरूलाई सुनाउन चाहन्छु अनि मलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्नुभएकोमा म कसरी हर्षले अभिभूत छु भन्ने कुरा पनि व्यक्त गर्न चाहन्छु ।
यस्तो विशाल श्रोतागण समक्ष मैले भाषण गरेको यो पहिलो पल्ट हो । त्यसैले अलिक शङ्कित अनुभव गर्दैछु । यस्तो कुराको कल्पना गर्नु स्वाभाविकै छ, यस्तो स्थिति एउटा लेखकलाई स्वाभाविक रूपले र सहजै आउने गर्छ । तथापि एक लेखक भनौँ कमसेकम एक आख्यानकारको भाषणसित असजिलो सम्बन्ध हुन्छ । विद्यालयका पाठहरूको लिखित र मौखिक माध्यममा भेद गर्ने गरेका दिनको सम्झना गर्दा एक आख्यानकारसँग मौखिकमा भन्दा लिखित माध्यमको निमित्त बढी प्रतिभा हुन्छ ।

ऊ चाहिँ मौन बस्ने बानी परेको हुन्छ अनि उसलाई एउटा परिस्थितिसँग आत्मसात गर्न मन लाग्यो भने उसले त्यो भीडसँग रसिनु मिसिनु पर्दछ । ऊ निख्रिएरै मानिसका वार्तालाप सुन्दछ, अनि ऊ पनि त्यसमा भाग लिन चाहन्छ भने त्यो चाहिँ कुनै भिन्न प्रश्न सोध्ने उद्देश्यले हुनेछस जसले गर्दा आफ्ना वरिपरिका नरनारीका बारेमा उसको जानकारी अभिवृद्धि गर्ने उद्देश्यले उसको बोली अलिक हडबडाएको हुन्छ किनभने ऊ आफ्ना कति शब्दलाई छोड्ने फड्किने बानी परेको हुन्छ । एउटा सत्य के छ भने अनेकपल्ट खेस्रा गरेपछि मात्रै उसको शैली प्रष्ट र सुन्दर देखिन्छ । तर जब उसले प्रवचनमा उभिनुपर्ने हुन्छ त्यसबेला उसको अड्किने बोलीलाई शुद्ध्याउने कुनै उपाय फेला पर्दैन ।

म पनि त्यस्तो पुस्ताको व्यक्ति हुँ जुन समयमा बालबालिका देखिन्थे तर उनीहरूको बोली चाहिँ कुनै विशेष अवस्थामा अथवा अनुमति मागेको स्थितिमा बाहेक अरूबेला सुनिदैन थियोस न उनीहरूप्रति ध्यान दिइन्थ्यो । कसैले उनीहरूको कुरा सुन्दैनथे र उनीहरूलाई ध्यान नदिई मानिसहरू एकअर्कासँग बात मार्थे । त्यही दृष्टान्तले बताउने छ हामीमध्ये कतिलाई बोल्न किन गाह्रो हुन्छ भन्ने कुरा । कहिले बोल्दा हडबडाउने गर्छांै, कहिले अत्यन्तै हतारिएर बोल्छौँ मानौँ हामीलाई कुनै पनि बेला कसैले रोक्नेछ जस्तो गरी त्यसैले नै होला ममा लेख्ने इच्छाको जन्म भयो ।
अरू कतिलाई पनि बाल्यकालको अन्त्यतिर त्यस्तै हुन्छ । बालकलाई लाग्छ– ठूलाहरूले मैले लेखेको कुरा ता पढिदेलान्स त्यसरी तिनीहरूले मेरो कुरा सुन्नेछन्, मलाई बाधा नगरी । अनि बालबालिकाको हृदयमा कुन कुरा बसेको छ भन्ने कुरा खुलेर राम्ररी थाहा पाउने छन्स त्यसमा आनन्द मान्नेछन् ।

मलाई यस पुरस्कारको घोषणा अवास्तविक लाग्यो । अनि उनीहरूले किन मलाई छाने त्यो कुरा बुझ्नलाई म उत्सुक थिएँ । एक उपन्यासकार आफ्नै उपन्यासको विषयमा कति अन्धो हुन्छ अनि उसले के लेखेको छ भनी उसलेभन्दा उसका पाठकले कति धेरै थाहा पाएका हुन्छन् भन्ने कुरा योभन्दा पहिले मलाई थाहा थिएन । म त्यसरी कहिल्यै त्यति सारो सचेत थिइनँ । एक उपन्यासकार आफ्नो पाण्डुलिपिमा भएका वाक्यगठन आफ्ना कृतिका भूल, पुनरावृत्ति, सच्याउँदाबाहेक अथवा अनावश्यक अनुच्छेद मिलाउँदाबाहेक अरूबेला कदापि आफ्नो पाठक हुन सक्तैन । आफ्ना कृतिका बारेमा उससँग आंशिक र अस्पष्ट प्रभाव मात्र रहन्छ । एउटा कलाकारले सिलिङमा फ्रेस्को चित्र सिर्जना गर्दा एउटा खटमाथि चढेर उत्तानो परी सिलिङतिर एकोहोरिएर मिहिनरूपले चित्रकारिता गरिरहेको हुन्छस अति निकट भएर आफ्ना सम्पूर्ण कर्म ९चित्र०को समग्रता देख्न नपाई गरिरहेको हुन्छ ।

लेखन (सिर्जना) भनेको पनि त्यस्तै होस यो एउटा विचित्रको र एक्लो क्रियाकलाप हो । एउटा उपन्यास लेख्न थाल्यो सुरुका केही पृष्ठमै निराशाजनक समय आइलाग्छ । प्रत्येक दिन तपाईंलाई एउटा भावनाले छोप्छ– म गलत बाटोमा छु होला भन्ने । त्यस भावनाले तपाईंभित्र एक प्रबल घारणा उत्पन्न गराउँछ, अब पछि फर्केर जानुप¥यो र अर्कै मार्ग पक्रिनुप¥यो भन्ने । तर त्यस्तो आग्रहको सामुन्ने नहार्नु ठूलो महìवको कुरा हुन्छ, निरन्तर अघि बढ्नु ठूलो कुरा हुन्छ । यो कर्म झन्डै अँध्यारामा कार कुदाउनु जस्तै हुन्छ– हिउँदको बेला, हिउँमाथि, दृश्यता शून्य अवस्थामा । तर विकल्प छैन । तपाईं पछि फर्किनै सक्नुहुन्न । तपाईंले निरन्तर अघि बढ्दै जानुपर्दछ आफैँलाई एउटा कुरा बुझाउँदै जानुपर्छ– यो मार्ग स्थिर भएपछि यो कुहिरो पनि हट्ने छ र सबै कुरा ठीक हुनेछ ।

एउटा पुस्तक टुङ्ग्याउने बेलामा पुगेपछि तपाईं कस्तो अनुभव गर्नुहुन्छ भने यो मबाट अलग हुन लागेको छ र अब यसले स्वतन्त्रताको सास फेर्न थालेको छ । बर्खे छुट्टी हुने अघिल्ला दिनका कक्षा कोठामा रहेका विद्यार्थीहरू अनियन्त्रित भएझैँ । ती उद्दाम हुन्छन् र आफ्ना शिक्षकले भनेको कुनै कुरा सुन्दैनन् । म त यहाँसम्म भन्छु कि ती अन्तिम अनुच्छेदहरू लेख्न बसेको बेला त्यस पुस्तकले तपाईंबाट मुक्ति पाउनका लागि अलिकति दुस्मनी देखाउन थाल्छ । अनि यसले तपाईंलाई छोडिदिन्छ । तपाईंलाई राम्ररी अन्तिम शब्द लेख्ने समय पनि नदिईकन छोड्छ । यो सकिन्छ । त्यस पुस्तकले अब तपाईंलाई खोज्दैन अनि यसले तपाईंलाई छोडेर अन्तै फर्किसकेको हुन्छ । अब उप्रान्त यसले पाठकहरूबाट आफैँलाई पत्ता लाउनेछ यस्तो भइसकेपछि तपाईंभित्र ठूलो रिक्तताको भाव भरिन्छ । अनि आफू परित्यक्त भएछु भन्ने लाग्न थाल्छ । पुस्तक र आफूबीचको गहिरो नाताको कारणले गर्दा र त्यो यति चाँडै चुँडियो भन्ने भावले एक प्रकारको निराशाले छोप्छ । त्यो असन्तुष्टि र त्यो केही अपूर्णतामै छुट्यो भन्ने भावले तपाईंलाई अर्को पनि एक पुस्तक लेखौँ भन्नेतिर धकेल्छस जसले गर्दा त्यो सन्तुलनलाई पुनस्र्थापित गर्न सकियोस् भन्ने लाग्छ । त्यो यस्तो कुरा हो जुन कहिल्यै प्राप्त हुँदैन । जब दिन र वर्षहरू व्यतीत हुँदै जान्छन्, एकपछि अर्को पुस्तकले पछ्याउँदै जान्छन् अनि पाठकहरूले तपाईंका कर्मको ‘राशि’बारे कुरा गर्न थाल्छन् । तथापि तपाईंलाई के लागिरहन्छ भने यो सारा अत्यन्तै र हतारले अघि कुदेको यात्रा थियो ।

त्यसकारण एउटा कृतिका बारेमा स्रष्टाले भन्दा पाठकले बढी थाहा पाउँछ । एउटा उपन्यास र यसका पाठकका बीचमा केही घटना घट्छ जुन चाहिँ यो डिजिटल युग आउनुभन्दा अघिको दिनको फोटोग्राफ डिभेलोप गर्ने प्रक्रिया जस्तो लाग्छ– फोटोग्राफलाई डार्करुममा प्रिन्ट गरेको बेला जसरी ससानो अंशमा बिस्तारै देखिँदै जान्छ । एउटा उपन्यास पढ्दै जाँदा, तिनै केमिकल प्रक्रियाहरू देहोरिन्छन् । एउटा स्रष्टा र पाठकका बीचमा यस्तो सामञ्जस्य स्थापित हुनलाई पाठकलाई कदापि अति विस्तार वर्णन गर्नुहुन्न । कसरी भने हामी गायकले आफ्ना स्वरलाई ज्यादा विस्तार ग¥यो भन्छौँ तर उनलाई अलक्षित रूपले सम्झाउन, पुस्तकलाई पनि बिस्तारै क्रमिक रूपले पाठकभित्र पुग्न पर्याप्त स्थान दिन्छौँ । कलाको माध्यमले पाठकभित्र प्रवेश गर्नुप¥यो एक्युपङ्चरको सियोले झैँ । जसमा त्यो सियोलाई उचित ठाउँ पत्ता लाएर गाड्नुप¥यो स्नायुप्रणालीको पीडालाई बाहिर निकाल्ने गरी ।

मलाई विश्वास छ साङ्गीतिक संसारमा पनि एक आख्यानकार र उसका पाठकका बीच स्थापित भएझैँ ठीक यस्तै गरी मिल्ने ९समस्तरीय० अनुपूरक सम्बन्ध रहन्छ । मैले सदैव यो सोच्नेगर्छु– सिर्जना पनि सङ्गीतको नजिक छ तर त्यो त्यति प्यारो छैन । अनि मैलाई सदैव सङ्गीतकारको ईष्र्या लाग्छस जसले नित्य एक कलाको अभ्यास गरेका छन् जुन चाहिँ उपन्यासभन्दा उच्च हुन्छ । कविहरू पनि उपन्यासकारभन्दा सङ्गीतकारका निकट हुन्छन् । बाल्यकालमा मैले पनि कविता रच्न थालेको थिएँ । अनि निश्चयै त्यस कारणले मैले कतै पढेको एउटा उक्तिले मेरो हृदय छोयो– “गद्य लेखकहरूको जन्म असफल कविबाट हुन्छ ।” सङ्गीतको भाषामा भन्नुपर्दा एक आख्यानकारले सम्पूर्ण पाठकलाई मनाउने हो– ती भूआकृतिहरू, आफूले म्युजिकल स्कोरमा नापेका सडकहरू एकबाट अर्को पुस्तकमा जाँदा तिनै अंश फेरि आउँछन् । तर ती कुरा उसलाई अपूर्ण लाग्छन् । त्यसपछि त्यो उपन्यासकार आफू संगीतकार हुन नपाएकोमा पश्चात्ताप गर्न थाल्छ र चोपिनको नक्टर्नको कम्पोज गर्न नसकेकोमा पश्चात्ताप गर्न थाल्छ ।

एउटा आख्यानकारमा आफ्नै कर्मप्रतिको सचेतताको अभाव हुन्छ, आफ्नै कर्महरूबाट ऊ उल्लेख्य दूरीमा हुन्छ जुन यस्तो एक चरित्र हो जो म आफैँमा र अन्य उपन्यासकारमा समेत अनुभव गर्दछु । यो ९आख्यान० सिर्जना हुनासाथै प्रत्येक नवीन पुस्तकले पछिल्लोलाई मेटिदिन्छ । जसले ममा कस्तो प्रभाव छोड्छ भने मैले त्यस (पुरानो) लाई बिर्सिसकेको छु । मैले ठानेँ एकपछि अर्को गरी म पुस्तक लेख्तै थिएँ असम्बद्ध तरिकाले, क्रमिक रूपका विस्मृतिका भुल्कासँगै तर प्रायशः उनै अनुहार, उनै नाम, उनै स्थान, उनै पदावली एकपछि अर्को पुस्तकमा आइरहन्छन् अद्र्ध–निद्रामै बुनिएका एउटा निद्रामा हिँड्ने बुट्टा जसरी ।

अद्र्ध–निद्रामा अर्थात् दिवास्वप्नमा । उपन्यासकार भनेको प्रायशः स्लिपवाकर होस निद्राचारी । आफूले लेख्नुपर्ने कुरामा ऊ कति सारो हुरुक्कै हुन्छ भने उसले बाटो काटेको बेला उसलाई गाडीले पो किच्ने हो कि भनी चिन्ता गर्नुपर्ने हुन्छ । तर पनि यो नभुलौँ निद्राचारीहरूमा कत्रो होसियारी हुन्छ भने उनीहरू निदै्रमा तल नखसी छानामाथि हिँड्न सक्छन् ।
यो नोबेल पुरस्कारको घोषणापश्चात मलाई चिनाउन प्रयुक्त पदावलीमा दोस्रो ‘विश्वयुद्ध’ सङ्केतित थियो यसरी ः उनले जर्मन अघिग्रहण कालको जीवन जगत्लाई उघारेर देखाए । सन् १९४५ तिर जन्मेको प्रत्येक व्यक्ति सरह म पनि युद्धको बालक हुँ, प्रष्टरूपले भन्दा म पेरिसमा जन्मेको थिएँ, म यस्तो बालक हुँ जसको जन्म पेरिस कब्जा भएका दिनमा भएको थियो । जो जो ती दिनका पेरिसमा बस्तथे तिनीहरू त्यस घटनालाई यथाशीघ्रै भुल्न चाहन्थे अर्थात् कमसेकम दैनिक विवरण मात्र सम्झिन चाहन्थे । तिनीहरूले कस्तो भ्रम प्रस्तुत गर्दथे भने दैनिक जीवन पनि सामान्यकालमा बिताएका दिनको भन्दा फरक छैन । यो सबै नै एक दुःस्वप्न थियो, कुनै प्रकारले बाँच्न पाएकोमा अव्यक्त पश्चात्तापले मन भरिएको थियो । पछि गएर जब तिनका सन्तानले उनी त्यस कालका बारेमा ती दिनको पेरिसको बारेमा प्रश्न सोध्ने गर्थें त्यसबेला तिनका उत्तरहरू भ्रान्तिजनक हुन्थे । नत्र उनीहरू मौन रहन्थे मानौँ तिनीहरू आफ्नो स्मृतिबाट आफ्ना ती अँध्यारा वर्षहरू मेट्न चाहन्थे हामीबाट केही कुरा लुकाएर राख्नलाई । तर हाम्रा बाबुआमाको मौनताको सामुन्ने हामी मिलाएर लान्थ्यौँ– मानौँ ती दिन हामीले नै भोगेका थियौँ ।

जर्मन अधिग्रहण कालको पेरिस एउटा विचित्रको स्थान थियो । सतहमा हेर्दा जीवन पहिले जस्तै चलिरहेको छ– ती नाचघर, सिनेमा सङ्गीतघर रेस्टुराँ सबै कुरा व्यावसायिक उद्देश्यले खुला थिए । रेडियोमा गीत बजिरहेका । रङ्गमञ्च र सिनेमातिर जानेहरूको सङ्ख्या युद्धपूर्वको भन्दा उच्च थियो । मानौँ ती स्थानहरू सेल्टरका रूपमा प्रयुक्त थिए जहाँ मानिसहरू भेला हुन्थे र आश्वासनका लागि एकअर्कामा गुँडुल्किएर बस्ने गर्थे तर त्यहाँ विचित्रका अनौठा कुराको वृत्तान्त छ । जसअनुसार पेरिस अघिको जस्तो फिटिक्कै थिएन । कारहरूको अभावले यसलाई एक मौन सहर बनाएको थियो– यस्तो मौनता जसले वृक्षहरू सर्सराएको देखाउँथ्यो । घोडाका टापहरू टडरक टडरक बजेको आवाज भीडको हलचलल भरिएको पदचापको आवाज अनि मानिसको गुनगुन स्वर थिएन । ती सडकको मौनतामा हिउँदको बेला करिब पाँचबजेदेखि लादिएको ब्ल्याकआउट ९सारा बत्ती निभाउनुपर्ने अन्धकार० समयमा कुनै झ्यालबाट अलिकति पनि प्रकाश बाहिर निस्कन निषेध थियो । त्यसबेला यो सहर आफैँबाट अनुपस्थित प्रतीत हुन्थ्यो । सबै ‘नाजी’ भन्नेगर्थे । वयस्क र बालबालिकाहरू पत्तै नपाइनेगरी छिनछिनमै बेपत्ता हुनेगर्थे अनि साथीहरूका बीचमा पनि हावामा पनि खतरा हुन्छ भन्ने भयले । कुनै कुरा कदापि उच्चारण गरिएन, बातचितहरू खुल्न सकेनन् ।

यस्तो दुस्वप्नको पेरिसमा कोही पनि अपमानित हुन सक्थ्यो, अथवा मेट्रो–स्टेसन निर्गमनद्वारबाटै पक्रेर लान सकिन्थ्यो, मानिसहरूबीच त्यस्ता संजोगका भेटघाट हुनसक्थे जुन मार्गमा शान्तिको समयमा कोही हिँड्दैन थियो, त्यो कफ्र्युको उदासीमा क्षणभङ्गुर प्रेमालापहरू जन्मिन्थे, आउने दिनमा फेरि भेट होला भन्ने कुनै निश्चितता बेगर । पछि गएर ती अल्पकालीन र कहिलेकाहीँ स्थायी जम्काभेटको परिणामस्वरूप सन्तान जन्मिन्थे । त्यसकारणले मेरा लागि त्यो अधिग्रहणकालीन पेरिस सदैव एक प्रकारको आदिम अन्धकार थियो । योबिना म कदापि जन्मिने थिइनँ । त्यस पेरिसले कहिल्यै पनि खेद्न छोडेन अनि मेरा पुस्तकहरू कहिले ता यसकै घुम्टोभित्रको प्रकाशले नुहाएका हुन्छन् ।

यही एउटा प्रमाण छ– एउटा लेखकमा आफ्नो जन्ममितिले अमिट रूपमा हानेको छाप हुन्छ । ऊ प्रत्यक्ष नै ती राजनीतिक कर्ममा संलग्न नभएको भए पनि तथाकथित ‘हस्तिहाडको दुर्ग’ भित्र एउटा वैरागीको रूपमा थुनिएको थिएँ भन्ने प्रमाण दिन्छ । उसले कविता लेख्यो भने पनि तिनले ऊ बाँचेको समयलाई नै प्रतिविम्बित गर्दछन् अनि ती कुरा अर्को युगमा कसैगरे लेख्न सकिने थिएन ।
प्रायः गरेर उन्नाइसौँ शताब्दीका कवितामा रजहाँसहरू देखिन्छन्– बोदलेयरका कवितामा होस् कि मलार्मेकामा १ तर यो यिट्सको कविता त उन्नाइसौँ शताब्दीमा लेखिन सक्ने थिएन । यसमा एक विशेष लय र उदासी छस जसले यसलाई बीसौँ शताब्दीमा राख्नेछस त्यसमाथि त्यही सालमा पनि जहिले यसको रचना भएको थियो ।
बीसौँ शताब्दीका स्रष्टा पनि यदाकदा आफूलाई आफ्नै समयको बन्दी ठान्छन् अनि उन्नाइसौँ शताब्दीका बाल्जाक, डिकेन्स, टालस्टाय, दोस्तोएभ्स्कीका उपन्यासहरूमा जस्तै ।
तिनले विशेष प्रकृतिको विषाद उत्पन्न गर्दछन् । ती दिनमा समय चाहिँ आजभन्दा धेरै विलम्बित गतिले व्यतीत हुन्थ्यो । अनि त्यो ढिलोपन उपन्यासकारकै कामलाई सुहाउने खालको थियो । यसले उसलाई शक्ति र ध्यान प्रदर्शन गर्ने अवसर दिन्थ्यो । त्यसदेखि यता समय अत्यन्तै तीव्र गतिले बग्दैछ– अतीतका साहित्य स्रष्टा र आजका बीचको तुलना गर्दा तिनीहरूका विशाल गिर्जाघर जस्ता संरचना थिए आज हाम्रा कर्महरू असम्बद्ध र खण्डित भएका छन् । यस दृष्टिकोणले हेर्दा मेरा आफ्नै पुस्ता पनि सङ्क्रमणकालीन अवस्थामा छ । म यो कुरा जान्न उत्सुक छु– अब अर्को पुस्ता जुन इन्टरनेटसँग जन्मेको छ, मोबाइल फोन र इमेल, ट्विट आदिसँग जन्मेको छ । यसले साहित्यको माध्यमले यस संसारलाई कसरी अभिव्यक्त गर्नेछ जुन संसारमा प्रत्येक व्यक्ति स्थायी रूपले जोडिएको छस जहाँ सामाजिक सञ्जालले घनिष्टता र निकटतालाई चबाइरहेको छ । जुन कुरा भर्खरसम्म पनि हाम्रै कार्यक्षेत्रमा रहेका थिए । ती गोपनीयताहरूले व्यक्तिलाई एक गहिराई प्रदान गथ्र्यो जुन कुरा एक उपन्यासका मुख्य विषयवस्तु (थिम) हुनसक्थे । ती कुरा आज छैनन् । तथापि म चाहिँ साहित्यको भविष्यबारेमा आशावादी रहनेछु अनि म विश्वस्त छु भविष्यका स्रष्टाहरूले आउने दिनहरूलाई ९साहित्यको निरन्तरतालाई० त्यसरी बचाएर राख्नेछन् जसरी होमरका पालादेखि प्रत्येक पुस्ताले त्यो कर्म गर्दै आएका छन् ।

त्यसका अतिरिक्त प्रत्येक स्रष्टाले आफ्ना कृतिमा सदैव केही न केही आफ्नो समयको कुरालाई अभिव्यक्ति दिने प्रयत्न गर्दछन् । यद्यपि ऊ अरू कलाकारझैँ आफ्नै युगसित जतिसुकै बलियो गरी बाँधिएको होस्, चाहे ऊ त्यसबाट उम्किनै नसक्ने स्थितिमा पुगेको होस् र उसले फेरेको सास दिक्कालको हावा नै किन नहोस् । रेसिनका सिर्जनामा होस् कि सेक्सपियरका कृतिको ९नाटकको० प्रस्तुतिमा ती खेल्ने पात्रहरू आफ्नै युगको वस्त्र आभूषणमा होउन् अथवा आजको डाइरेक्टरले चाहे अनुरूप जिन्स र छालाको ज्याकेट मात्र लाउन् ती ता महìवहीन कुरा हुन् । आज डेढ शताब्दीपश्चात टाल्सटायको अन्ना करेनिना पढ्दा अन्ना करेनिना हाम्रो यति निकट हुुन्छिन् कि हामी सन् १८७० को चलनको वस्त्रमा छिन् भन्ने कुरा बिर्सिरहेका हुन्छौँ । अरू केही स्रष्टा छन्– एड्गर अलेन पो, हर्मन मेल्भिल अथवा स्टेन्डाल जसलाई उनीहरूका समकालीनले भन्दा दिवङ्गत भएको दुई शताब्दीपश्चातका मानिसले राम्ररी चिन्छन् ।

अन्त्यमा, एक उपन्यासकार कति टाढा पुगेको हुन्छ रु ऊ जीवनको किनारामा हुन्छ, त्यसैको वर्णन गर्नलाई किनभने तपाईं जीवनमा गहिरोसित भिज्नुभएको छ भने तपाईं कर्ममा लीन हुनुहुन्छ भने, तपाईंमा भएको यसको विम्ब मिश्रित हुन्छ । तर यो दृष्टिको दूरत्वले लेखकका आफ्ना पात्रलाई र आफूलाई प्रेरित गर्ने जनतालाई चिन्ने शक्तिलाई कम गर्दैन । फ्लुबरले भने– मेडेम बोभारी भनेको मै हुँ । अनि टालस्टायले आफूलाई ती नारीमा पाए जसले एक रात रसियाको रेल्वे स्टेसनमा आफूलाई हुत्याएर फ्याँकिन् । यस्तो प्रकारको तादात्म्यको उपहार कहाँसम्म पुग्यो भने टाल्सटाय आकाश र भूदृश्यका बीचमा मिश्रित भएस जसको उनी बयान गर्दै थिए अनि त्यसैले उनलाई पूरै अवशोषित ग¥यो अन्ना करेनिनाको परेलाको अलिकति झिम्क्याइले । यस्तो परिवर्तित स्थिति भन्नु नै आत्ममुग्धताको विपरीत हो । किनभने यसले एकसाथ आत्मविस्मृति र उच्च ध्यानको योगलाई जनाउँछ । जसले गर्दा ससानो विवरण पनि नछुटाई टिप्ने कलातर्फ सङ्केत गर्दछ । त्यहाँ एउटा विशेष प्रकृृतिको एकान्तिकता पनि प्रयुक्त हुन्छ । यसको तात्पर्य अन्तर्जगत्तिरको प्रवेश त होइन तर यसले तपाईंलाई ध्यानको मात्रा वृद्धितर्फ सहायता गर्दछ अनि बाह्य जगत्को निरीक्षणमा अत्यधिक स्पष्टता प्रदान गर्दछ जुन कुरा एक उपन्यासमा स्थानान्तरित हुन्छन् ।

मैले सदैव के सोच्तै आएको छु भने उपन्यासकारहरू पाठकलाई रहस्य प्रदान गर्न सक्षम हुन्छन् । त्यस्ता व्यक्तिलाई जो दैनिक जीवनबाट अभिभूत छन् अनि त्यसता कुरालाई जुन चाहिँ स्पष्ट रूपमा सामान्य हुन्छन् । उनीहरूले यो गर्न सक्छन् भन्ने तर्क के छ भने उनीहरूले तिनीहरूको बारम्बार निरीक्षण गरेका हुन्छन् एकदम अटुट ध्यानसँग एकप्रकार सम्मोहित रूपले । त्यस हेराइ (गेजमा) दैनन्दिन जीवन रहस्यमा घेरिएर समाप्त हुन्छ अनि एक प्रकारको अन्धकारमा उज्यालाको राप भन्ने खालको गुणसँग मिसिन्छ, जुनकुरा प्रत्येक व्यक्तिको अन्तरमा रहेको हुन्छ । मेरा टाढाका एक नातेदार आमोदिओ मोदिग्लिआनी मेरो मनमा आउने गर्छन् । उनका सर्वाधिक हलचल उत्पन्न गर्ने पेन्टिङमा उनले रोजेका नमुना पात्रहरू बेनामी थिए । बालबालिका, गल्लीका केटीहरू, कामदार महिला, साना किसान, सिकारु युवा । उनले तिनीहरूलाई तीव्रतापूर्वक आफ्ना ब्रुसको स्पर्शले रङ्गाए जुन चाहिँ महान् टस्कान परम्पराको स्मारक कला थियो– बोतिसेली र क्तातोमेन्ट्रोका सिएनिज (इटालियन) पेन्टरलाई सम्झाउने कला थियो । उनले तिनीहरूलाई तीभित्रको सारा सौन्दर्य र महान्ता पनि देखाए, तिनका विनीत मुहारभित्रका सारा उपन्यासकारका कृतिहरूले सोही दिशामा भ्रमण गर्नुपर्दछ । उसका कल्पनाले यथार्थतालाई विकृत गर्नतिर नगएर ऊ उसको गहिराइ पुग्नुपर्छ, यसको वास्तविकता प्रकट गर्नुपर्दछ, देखिएका आकृति (अनुहार) भित्र कुन कुरा लुकेको छ भन्ने कुरा छुट्याउन इन्फ्रारेड र अल्ट्राभायोलेटको शक्ति प्रयोग गर्नुपर्दछ । म यो विश्वास गर्न पनि सक्छु– त्यो उपन्यासकार उत्तम रूपको एउटा भेदक हो अथवा एक दूरदर्शी । ऊ एक सिस्मोग्राफ पनि हो, मुस्किलले चाल पाइने (समाजको) गति (चाल) टिप्न (छुट्याउन) तयार उभिएको ।

आफूले प्रशंसा गरेका स्रष्टाको जीवनी पढ्नुभन्दा पहिलो म दुईपल्ट विचार गर्दछु । जीवनीकारहरू कहिलेकाहीँ ससानो विस्तारमा रमाउँछन् । अविश्वसनीय लाग्ने एक प्रत्यक्षदर्शीको झैँ विवरण प्रस्तुत गर्दछन्, त्यस्ता चरित्रका विशेषता उदेक लाग्ने र निराशाजनक हुन्छन् । ती सबै हेर्दा रेडियो प्रसारणलाई अवरोध गर्ने भ्यारभ्यार आवाज जस्तै लाग्छन् । जसले सङ्गीत र स्वरहरूलाई सुन्न नसकिने बनाउँछन् । वास्तवमा ती लेखकका कृति पढेर मात्रै हामी लेखकको रूपमा निकटता स्थापित गर्दछौँ । यो चाहिँ त्यसबेला मात्र सम्भव छ जब उनीमाथि पुगेको अवस्थामा हुन्छन् अनि कुनै बाधाबिनाको मन्द स्वरमा बोल्दै हुन्छन् ।

एउटा लेखकको जीवनी पढ्दा तपाईंले बेलाबेलै बाल्यकालको एउटा उल्लेख्य घटना पाउनुहुनेछ । जसले उनका भविष्यका कर्मको बीजको काम गरेको थियो । जसका बारेमा उनी आफैँमा त्यति प्रष्ट सचेतता छैन । यो उल्लेख्य घटना विभिन्न छद्म रूपमा उनका कृतिमा पछ्याउँदै आइरहन्छ ।
म तपाईंहरूलाई आफ्ना निजी कथा सुनाएर धेरै दिक्क पार्न चाहन्नँ । तर मलाई के लाग्छ भने मेरा बाल्यकालका केही पात्रले मेरो बाल मस्तिष्कमा पनि त्यस्तै केही बीज रोपेका रहेछन् जुन कुरा पछि गएर पुस्तकमा परिणत भए । म आफ्ना पितामाताबाट धेरैजसो टाढै रहन्थेँ, खालि साथीभाइसँग हुन्थेँ जसका बारेमा मलाई केही थाहा हुँदैन थियो– एकपछि अर्को घरमा पुगेको हुन्थेँ । ती दिनमा कुरा छेलेमा एउटा बालकलाई आश्चर्य लाग्दैन थियो । कति विचित्रका स्थिति पनि उसको लागि स्वाभाविकै लाग्छन् । निकै पछि गएर मलाई आफ्नै बाल्यकाल रहस्यपूर्ण लाग्न थाल्यो अनि मेरा बुबा आमाले मसँग छोड्ने गरेका अनेक मानिसका बारेमा अनि नित्य बदलिइरहने ती स्थानको बारेमा अरू कुरा पत्ता लगाउने बल गर्न थालेँ । तर तीमध्ये अधिकांश व्यक्तिलाई खुट्याउन म असमर्थ रहेँस न त ती अतितका सारा ठाउँ र घरहरू कुनै स्थलाकृतिक शुद्धतासँग पत्ता लाउन सकेँ । ती रहस्यको समाधान पत्ता लाउने तीव्र इच्छा थियो । तर राम्ररी त्यसमा सफल नभई रहेको थिएँ तै पनि रहस्य फुकाउने प्रयत्नले नै ममा लेख्ने इच्छा जाग्यो । मानौँ मलाई सिर्जना र कल्पनाले अन्त्यमा फुकाएका ती सारा गाँठालाई गाँस्न ९जोड्न० सफल पार्छ भन्ने लाग्यो ।

हामी रहस्यका बारेमा कुरा गर्दै भएकाले यस्ता विचारको संयोगले मेरा मस्तिष्कमा एउटा उन्नाइसौँ शताब्दीका फ्रान्सेली उपन्यासको शीर्षकको स्मरण गराउँछ, त्यो हो ले मिस्तरो डी प्यारी यो सहर ९अर्थात् पेरिस०स जुन म जन्मेको सहर हो । यो नै मेरो प्रथम बाल्यकालीन प्रभावसँग जडित छ । अनि ती छापहरू कति गाढा थिए भने त्यसदेखि यता म निरन्तर रूपले यस सहरका रहस्यहरू खोजिरहेछु । म दस वर्षको हुँदा एउटा कस्तो घटना घट्यो भने म एक्लै हिँड्दै थिएँ, हराउँछु कि भन्ने डर पनि थियो, मनमा भए पनि म झन् पर झन् पर जाँदो भएँ । यता सिन नदीको दाहिने तटतिर जाँदोछु मेरो निम्ति अपरिचित स्थानतिर । त्यो मध्य दिनको कुरा थियो । तरुणावस्थाको आरम्भमा आफ्नो मनको भय र त्रासमाथि विजय प्राप्त गर्न मैले धेरै कोसिस गरेँ र रातितिर पनि मेट्रो रेलमा चढेर पर पर जान थालेँ । त्यसरी नै रहेछ सहरबारे थाहा पाउने उपाय । अनि मैले प्रशंसा गरेका उन्नाइसौँ शताब्दीदेखिका उपन्यासकारका उदाहरण पछ्याइरहेको थिएँ । त्यो सहर पेरिस होस या लन्डन, सेन्ट पिटसवर्ग होस् कि स्कटहोम– ती सहर नै तिनका पृष्ठभूमि हुन्थे र तिनीहरूका पुस्तकका मुख्य विषयवस्तु पनि ।

आफ्नो द म्यान अफ द क्राउड ९भीडको मान्छे० शीर्षक कथामा एक सहर कला गर्ने एड्गार अलान पो त्यस्ता प्रथम व्यक्ति थिए जसले एउटा क्याफेको झ्याल बाहिर देखेका धारो लाग्ने मानिसको समूहको निरीक्षण गर्छन् । त्यो सडक पेटीमा हिँड्नेहरूको अनन्त लहर हुन्थ्यो । उनले तीमध्येबाट एक जना बूढो मानिस छान्छन्स जसको मुखाकृति अनौठो हुन्छ । अनि उसैलाई पछ्याउँदै रातभरि लन्डनका विविध भागको यात्रा गर्छन्स जसको उद्देश्य उक्त बूढाको बारेमा अरू कुरा पत्ता लाउनुथियो । तर त्यो अज्ञात व्यक्ति भीडको सदस्य थियो । उसलाई पछ्याइरहनु व्यर्थ छ किनकि ऊ सदैव बेनामी रहनेछ । अनि उसका बारेमा कुनै कुरा पत्ता लाउनु असम्भव हुनेछ । उसको व्यक्तिगत ९निजी० अस्तित्व छैन । ऊ ती बटुवाहरूका हुलको एक पात्र हो, ऊ केवल हार लागेर हिँड्छ अथवा ठोकिँदै र तिनीहरूलाई सडकहरूमा छोप्दै ।

अर्को पनि एउटा कुरा सम्झिन्छु जुन कवि टमस डिकिन्सको जीवनमा घटेको थियो । उनी सानै छँदा घटेको त्यो घटनाले जीवनभरि उनलाई छोइरह्यो । लन्डनमा हुँदा अक्स्फोर्ड स्ट्रिटको भीडमा उनले एक युवतीसित मित्रता गाँसे । त्यो एक संयोगको जम्काभेट थियो– सहरमा यस्तो भइरहन्छ । उनले केही दिन तिनीसित बिताए अनि उनले लन्डन छोड्नुप¥यो । उनीहरूको सल्लाहअनुसार युवतीले प्रत्येक सन्ध्यामा ग्रेट टिचफिल्ड स्ट्रिटको त्यही कुनामा युवकको प्रतीक्षा गर्ने भइन् । तर तिनीहरूले त्यसपछि एक अर्कालाई कहिल्यै भेटेनन् । उनी सम्झिन्छन् । “निःसन्देह नै हामीले केही समयसम्म एकअर्कालाई खोज्यौँ होला, त्यही क्षणमा, त्यही सडकमा लन्डनको त्यो विशाल भुलभुलैया भित्र । सायद एक दुई फिटको वरपरमा लन्डन स्ट्रिट जत्रो कुनै बाँधाले प्रायशः अन्त्यमा अनन्तसम्मका लागि विछोड पनि गराउँदो रहेछ ।”

वर्षहरू व्यतीत हुँदै गए, वरिपरिका प्रत्येक छिमेक टोलले, सहरका प्रत्येक सडकले एउटा स्मृति जगाउँछ, एक भेटको एक सम्झनाको जो त्यहीँ जन्मिए तिनीहरूलाई एउटा सुखद क्षणको, अनि यसैगरी मानिस बसेका छन् त्यहाँ । एउटै सडक प्रायशः अनेक निरन्तर सम्झनासँग जोडिएको हुनेगर्छ, कतिसम्म भने त्यो सहरको स्थलाकृति नै तपाईंको सम्पूर्ण जीवन बन्दछ । मनमा क्रमिकतासँग राािखएका पत्रैपत्रहरू मानाँै एउटा फलकमाथि लेखिएका अक्षरहरूको अर्थ लगाएझैँ । अनि हजारपछि हजार जनाको जीवन यहीँ बित्यो, सारा अज्ञात, सडकमा हिँडिरहेका मानिस भीडको समयमा मेट्रो रेल चढ्ने यात्रीहरू ।

त्यसकारण मेरो युवाकालमा लेख्न सहयोग गर्न मैले पेरिस सहरका पुरानाखाले टेलिफोन डाइरेक्टरी प्राप्त गर्ने प्रयत्न गरेँ । खासगरी त्यो डाइरेक्टरी जसमा मानिसका घर नम्बर र तिनीहरूको नाम लेखिएको हुन्थ्यो । त्यसका पृष्ठहरू पल्टाउँदा ममा कस्तो धारणा उत्पन्न भयो भने म यो सहरको एक्सरे हेर्दै थिएँ अर्थात् अटलान्टिस जस्तो आधि डुबेको सहर हेर्दै थिएँ जो केवल समयको गन्धमा सास फेरिरहेको हुन्छ । यतिका वर्षहरू व्यतीत भएका कारणले गर्दा यी हजारौँ हजार अज्ञात व्यक्तिका चिह्नहरू तिनीहरूका नाममा थिए, ठेगानामा, टेलिफोन नम्बरमा थिए । कहिलेकाहीँ एक वर्ष नाघेर अर्कोमा पल्टाउँदा एउटा नामै गायव हुन्छ । यी पुराना फोन बुकका पृष्ठहरू पल्टाउँदा केही रिँगटा घुमाउने जस्ता तìव भेटेपछि म सोच्थेँ– अब उप्रान्त यी नम्बरमा गरिएका कलहरू अनुत्तरित रहनेछन् । पछि म ओसिया म्यान्डेल्स्टायका कविताको एउटा श्लोकले छुुइन्छु ः
म मेरो सहरमा फर्कें जो आँसुसँग परिचित थियोे
मेरा भाँडाकुँडा र बाल्यकालका टोन्सिलतिर फर्कें
पिटर्सबर्ग–०
जब तिमीले मेरा टेलिफोन नम्बरहरू जीवित राख्तैखेरि
पिटर्सबर्ग अझै मेरा हातमा ठेगानाहरू छन्
जुन म मरेकाहरूको आवाज प्राप्त गरी प्रयोग गर्नेछु ।
त्यसकारण कस्तो लाग्छ भने ममा प्रथम कृति रच्ने इच्छा त्यसैबेला जाग्यो जुनबेला म पेरिस सहरका पुराना टेलिफोन बुकहरू हेर्दै थिएँ । मैले गर्नुपर्ने एक मात्र कर्म थियो– पेन्सिलले केही अज्ञात व्यक्तिका नाम, ठेगाना र टेलिफोन नम्बर टिप्नु अनि उसको जीवनी कस्तो थियो होला भन्ने कल्पना गर्नु अनि– सयौँ नामहरूमध्ये अझ हजाराँै नामहरूमध्ये कुनै पात्र छान्नु ।

एउटा ठूलो सहरमा तपाईं आफैँ हराउन सक्नुहुन्छ अथवा बेपत्ता हुन सक्नुहुन्छ । तपाईंले आफ्नो परिचय बदलेर त्यहाँ एक नवजीवन बाँच्न सक्नुहुन्छ । एकान्तिक छरछिमेकमा पुगेर एक दुईवटा मात्रै ठेगाना टिपी मालिकले चिनु पत्ता लगाउन लामो अनुसन्धान गर्न सक्नुहुन्छ । म सदैव यस्ता रेकर्डमा लेखिएका छोटा टिप्पणीबाट आकर्षित हुने गर्छु ः अन्तिम थाहा भएको ठेगाना । बेपत्तामा विषयहरू, परिचय र बितेको समय यी तिनै कुरा सहरको स्थलाकृतिसँग निकटरूपले बाँधिएका हुन्छन् । त्यसकारणले उन्नाइसौँ शताब्दीदेखि सहरहरू नै उपन्यासकारका क्षेत्र भएका छन् । केही महान् उपन्यासकारहरू एकै सहरसँग जोडिएका छन् जस्तै– बाल्जाक र पेरिस, डिकेन्स र लन्डन, दोस्तोएभ्स्की र सेन्टपिटर्सवर्ग,
९रसिया० टोकियो र नार्गा काफु, स्टकहोम र सोदरवर्ग ।

म त्यो पुस्ताको मानिस हुँ जो ती आख्यानकारबाट प्रभावित थियो अनि त्यो पुस्ता बोदलेअरले भनेको “पुराना राजधानी सहरहरूका नसैनसाका पत्रहरू” पत्ता लगाउन चाहन्थ्यो । वास्तवमा आजभन्दा पचास वर्षअघि अर्थात् मेरा उमेरका किशोरहरू सहरको अन्वेषण गरेर शक्तिशाली संवेदनाहरू पत्ता लागउने गर्थे । त्यसबेला सहरहरू पनि परिवर्तित भइरहेका थिए । तीमध्ये केही खासगरी अमेरिका र तेस्रो दुनियाँमा ‘मेगासिटी’मा परिणत भए । तिनीहरू बडो विक्षुब्धकारी आयामतिर फैलिए । ती परित्यक्त कुनातिर बसेका परित्यक्त बासिन्दाहरू पनि समाज कल्याणले छोएका ठाउँमा रहन थाले । फोहोरी क्षेत्र बढ्दै गएस ती झन्झन् टाढासम्म फैलिन थाले । बीसौँ शताब्दीसम्म उपन्यासकारहरूले धेरथोर सहरको रुमानी दृष्टिकोण राख्तथे । जुन चाहिँ डिकेन्सका र बोदलेयरका भन्दा भिन्न थिएन । त्यसकारणले म एउटा कुरा जान्न चाहन्छु त्यो के भने, भविष्यका उपन्यासकारले आफ्ना उपन्यासमा कसरी ती विशाल सहरी विस्तारहरूलाई प्रस्तुत गर्ने हुन् भन्ने कुरा ।

मेरा पुस्तकको सम्बन्धमा कुरा गर्दा तपाईंहरूले यो कुरा इङ्गित गरेर मलाई कृतार्थ गराउनुभएको छ ः “स्मृतिको कलाले बाँधेर उनले सर्वाधिक गूढ रहस्यझैँ मानव लेखान्तलाई आह्वान गरेका छन्” भनेर । तर यो प्रशंसा मबाहेक अन्य उपन्यासकारलाई पनि हो । यो त एक विचित्र प्रकृतिको स्मृतिको बारेमा हो । जसले अतीतबाट ससाना अंशहरू टिपेर राख्ने प्रयत्न गरेका छन् । अनि यो अनाम एवं अज्ञातहरूको पृथ्वीबाट केही निशानहरू । अनि त्यो पनि मेरो जन्म वर्ष सन् १९४५ सित सम्बद्ध छ । १९४५ मा जन्मिएकाले गर्दा यी सहरहरू ध्वस्त गरिसकेपश्चात् अनि सम्पूर्ण जनसङ्ख्या बेपत्ता भएपश्चात् मेरा उमेरका दौँतरीझैँ स्मृति र विस्मृतिका थिमहरूप्रति म पनि बढी संवेदनशील हुन्छु ।

दुर्भाग्यवश मलाई के लाग्छ भने मार्सेल प्रुष्टले अतीतको सम्झना (रिम्रेम्ब्रन्स अफ द थिङ्ज पास्ट) मा जुन शक्ति र स्थितिको प्रदर्शन गरे अब त्यो गर्न सकिन्न । उनले वर्णन गरेको समाज अझै स्थिर थियोस त्यो उन्नाइसौँ शताब्दीको समाज प्रुस्टको स्मृतिले अतीतको पुनः उपस्थित गराउँछ । यसका समस्त विवरण एउटा जीवन्त चित्र वा झाँकी हुन् । आज म यो भाव पाउँछु– स्मृति भन्ने कुरा आफैँ पनि त्यति निश्चित हुँदैन । यो स्मृतिलोप र विस्मृतिविरुद्ध निरन्तर युद्ध लडिरहेको हुन्छ । यो पत्र, यो विस्मृतिको ढिकाले सम्पूर्ण कुरालाई टाल्दै लान्छ । जसको तात्पर्य के हो भने हामी अतीतका ससाना अंश मात्र टिप्न सक्छौँ, ती असम्बद्ध चिह्नहरू हुन्छन् । ती क्षणभङ्गुर र पक्रिन नसकिने मानव लेखान्त हुन् ।
तथापि यो एक उपन्यासकारको अद्यवशाय हुनुपर्दछ । जब यसले विस्मृतिका ठूलाठूला रित्ता पेजहरू सामुन्ने आइलाग्छन्, केही धुमिल भएका शब्दहरूलाई समुद्रको सतहमा आएर तैरेजस्तै । 

अनुवाद– डा. गोविन्दराज भट्टराई
(अङ्ग्रेजी अनुवाद– जेम्स हार्डिकर सेमान्टिक्स अङ्ग्रेजी स्रोत ।)

मधुपर्क, माघ २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?