रात्रिकालीन व्यवसाय सङ्कटमा
शिवा तामाङ
माघ ८, २०७८ शनिबार
कोभिड–१९ को सङ्क्रमणदर बढेको भन्दै सरकारले रात्रिकालीन व्यवसाय बन्द गरेपछि करिब आठ लाख श्रमिकका परिवार समस्यामा परेका छन् । यसअघि पनि महामारी नियन्त्रण लागि भन्दै दुई पटक गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाको क्रममा पनि रात्रिकालीन व्यवसाय (लोकदोहोरी साँझ, डान्स रेस्टुरेन्ट, पब, बार) व्यवसाय सञ्चालक र श्रमिक आर्थिक सङ्कटमा परेका थिए । सोमबारदेखि स्मार्ट लकडाउन सुरु भएपछि रात्रिकालीन सबै व्यवसाय बन्द गरिएका छन्...