करारका चिकित्सकको म्याद सकियाे, दरबन्दीका चिकित्सक बिदामा
रासस
बैशाख २७, २०७७ शनिबार
कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका छन् । गत कात्तिक महिनामा अध्ययन बिदामा गएका डाक्टर कोरोना महामारीका बेला पनि फर्किएका छैनन् ।
अस्पतालमा कार्यरत डाक्टर रोशन भगत चौरासिया र गौमा धामी अध्ययन बिदाबाट फर्किएका छैनन् । उहाँहरुकोसमायोजनका बेला सङ्घमा पठाइएको भए पनि दरबन्दी अस्पतालमै रहेको अस्पतालका डाक्टर महादेव...