जनस्तरबाट लकडाउन उल्लङ्घन
रासस
बैशाख २६, २०७७ शुक्रबार
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन कैलालीमा जनस्तरबाटै उल्लङ्घन भइरहेको छ । यहाँका मुख्य शहर धनगढी, अत्तरिया, सुखड, लम्कीलगायत बिहानैदेखि जनता लकडाउनको बेवास्ता गर्दै हिँडिरहेको देख्न सकिन्छ । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको शुरुआती चरणमा जनस्तरबाट उल्लङ्घन नभए पनि पछिल्लो समय बेवास्ता गर्दै बजारमा निस्कने, साथीभाइ जम्मा हुनेजस्ता क्रियाकलाप बढेको हो ।