‘भारतले लखेटेपछि दशगजामै बास’
रासस
बैशाख २७, २०७७ शनिबार
भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए । भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका–१ सुइँया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गरायो ।