कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न महासङ्घको अपिल
रासस
चैत्र २४, २०७६ सोमबार
नेपाल पत्रकार महासङ्घले कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ ।
महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ नियन्त्रणमा सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि महासङ्घ केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एशोसिएट संस्था, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीमा हार्दिकताका साथ अपिल गर्नुभएको हो ।