खाद्यान्नको एउटै दरभाउः राहत वितरणको तस्वीर खिच्न नपाइने
रासस
चैत्र २५, २०७६ मंगलवार
वालिङ नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका खाद्यान्न पसलमा दैनिक उपभोग्य वस्तुको एउटै दरभाउ निर्धारण गरेको छ ।
वालिङ उद्योग वाणिज्य सङ्घ र व्यवसायीको संयुक्त बैठकले खाद्यान्नको दरभाउ निर्धारण गरेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । नगरभित्रका १४ वटै वडामा लकडाउनले समस्यामा परेका सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी गरी गुजना चलाउने मजदूरलाई खाद्यान्न तथा राहत एउटै दरभाउमा उपलब्ध गराउन...