कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई बढाइयो कदम
रासस
चैत्र २५, २०७६ मंगलवार
कञ्चनपुरमा कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई आवश्यक कार्य अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सङ्क्रमित व्यक्ति कहाँबाट, कहिले, को–कोसँग, कसरी नेपाल प्रवेश गरे त्यसबारेमा जानकारी लिइएको छ । सशस्त्र प्रहरी बल ३५ गण झलारी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, नेपाली सेना, वेदकोट नगरपालिका र स्वाथ्यकर्मीलगायतको प्रयासले कञ्चनपुरमा देखिएको...