कोभिड–१९ राहत कोषमा साढे एघार लाख सङ्कलन
रासस
चैत्र २२, २०७६ शनिबार
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड–१९ राहत कोषमा साढे एघार लाख सङ्कलन भएको छ । वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड–१९ को सङ्क्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिक सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन बिताइरहेकालाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषका शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु ११ लाख ५० हजार ८११ सङ्कलन भएको नगरप्रमुख दिलीपप्रताप...