‘कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे !’
रासस
चैत्र २१, २०७६ शुक्रबार
पाँचथर, फिदिम नगरपालिका–९ लुम्फाबुङका इन्द्रबहादुर लावतीले २५ किलोको चामलको बोरा उचाल्दै सोध्नुभयो, “यो ककसले दिएका रे रु” वितरण गर्न गएकाहरुले बुझाए, “हाम्रै क्षेत्रबाट निर्वाचित प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र उहाँकी श्रीमती कुमारी लावतीले ।” उहाँ मुस्कुराउनुभयो । आफू र छोराले काम नपाइरहेका बेला महिना दिन पुग्ने चामलको जोहो भएकामा ‘हल्दार’मा खुशी त थियो नै, त्यसभन्दा बढी...