कोभिड १९: टीकापुर नगरपालिकाले शुरु गर्यो, हटलाइन सेवा
रासस
चैत्र १६, २०७६ आईतवार
टीकापुर नगरपालिकाले कारोना भाइरस ( कोभिड– १९) को जोखिम हुन नदिन हटलाइन सेवा शुरुआत गरेको छ । सो भाइरसको सम्भावित जोखिमका बारेमा सरोकार समूहसित समन्वय गर्न नगरपालिकाले ०९१−५६००८८ र ०९१ −५६१०८८ नम्बर मार्फत् हटलाइन सेवा शुरु गरेको हो । शनिबार यहाँ बसेको सर्वदलीय बैठकले सो भाइरसको जोखिम विरुद्ध सामुहिक काम गर्ने निर्णय गरेको छ ।