सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ– आपूर्तिमन्त्री भट्ट
रासस
चैत्र १५, २०७६ शनिबार
सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको छ । तर, केही स्थानमा व्यापारीले अनावश्यक रुपमा बढी मूल्य लिएर उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो पनि आएको छ ।